बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना

प्रकाशित : मंगलबार, कार्तिक १६, २०७८ , मसलापाटी

मसलापाटी

१६ कार्तिक ,काठमाडौं – सीता एयरको जहाज बँदेलसँग ठो’क्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठो’क्कि’एएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठो’क्किएको हो ।

यात्रु र चालक दलका सदस्य सकुशल छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वा’ल परेको छ । अहिले विमानस्थल ठप्प छ । जहाज आज बिहान करिब ६:२० बजे बँदेलसँग ठक्कर खाएको हो।

जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो। धावनमार्गमा बँदेलका बच्चा देखिएका थिए। बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार जहाजमा बँदेल ठ’क्कर खाएको हो। धावनमार्ग वरपर घाँसे मैदान रहेकोले त्यहाँबाट बँदेल आएको उनले बताए।

प्रकाशित मिति: २०२१-११-०२ , समय : ११:२४:३९ , ३ वर्ष अगाडि