खोटाङमा गाडी ‘ओभरटेक’ गर्न खोज्दा ट्याक्टर दुर्घटना, राईको मृत्यु
प्रकाशित : आइतबार, आश्विन १७, २०७८ ,
प्रकाशित : आइतबार, आश्विन १७, २०७८ ,
१७ आश्विन ,खोटाङ ।ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा खोटाङमा एक जनाको मृत्यु भएको छ । रसुवा नजिकैबाट बालुवा लिएर सदरमुकाम दिक्तेल बजारतिर जाँदै गरेको स१त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सहचालक डिलक्स राईको मृत्यु भएको हो ।
घटना भएको नगरपालिकाको १२ नम्बर वडास्थित जालपाका १९ वर्षीय सहचालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-जयराम सडकखण्ड नुनथलामा एकै दिशाबाट गइरहेको गाडीलाई ओभरटेक गर्न खोज्दा ट्रयाक्टर अनियन्त्रित भएएको हो ।
ट्याक्टर सडकबाट ३५ मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्रयाक्टर चालक हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहका अनुसार चालक राई सकुशल रहेका छन् ।
मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर पोस्टमार्टमपछि दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको इन्सपेक्टर साहले जानकारी दिए । दुर्घटनाग्रस्त ट्याक्टर भने घटनास्थलमै रहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: २०२१-१०-०३ , समय : ०७:२४:०६ , ३ वर्ष अगाडि