उदयपुरकी रन्जु हत्या आरोपितको बयान : हातको चुरा फुटाएपछि घाँटी थिचेर..

प्रकाशित : शनिबार, साउन ३०, २०७८ , मसलापाटी

मसलापाटी

३० साउन,उदयपुर । श्रीमान्सँग बिबाद भएपछि हातको चुरा फुटाउने एक युवतीले ज्यान गुमाएकी छन् । हत्यामा संलग्न श्रीमान्को बयानका अनुसार श्रीमतिले आफूलाई अशुभ गाली गर्दै चुरा फुटाएपछि आबेगमा घाँटी थिचेर ज्यान लिएका हुन् ।

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ माइतघर भएकी २३ वर्षीया रन्जु तामाङको हत्या उनकै श्रीमान् राम श्रेष्ठले गरेको प्रहरीले जनाएको छ । गर्भवती श्रमतिलाई ३९ वर्षीय रामले काठमाडौंस्थित गुहेश्वरीको बागमती प्लान्ट नजिकै कोठामा हत्या गरेको स्वीकारेका छन् ।

हत्या आरोपित राम हेटौंडा उपमहानगरपालिका-४ का हुन् । श्रीमतिको हत्या गरेलगतै उनले प्रहरीलाई खबर गरेका थिए । फ्ल्याट भाडामा लिएर बस्ने उनीहरुबीच केही दिनयता मनमुटाव हुदै आएको थियो । हत्याको दिन पनि बिहानै भनाभन भएको र सो क्रममा श्रीमतिले ’तिमी आजदेखि मेरो लागि मर्‍यौ’ भन्दै चुरा फुटाएपछि आबेगमा आएर हत्या गरेको बयान दिएका छन् ।

श्रेष्ठले प्रहरीको हटलाइन नम्बर १०० मा आज बिहान ७ बजे फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । एसएसपी सिंहका अनुसार श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेका हुन् ।

श्रीमान्ले दिएको घटनास्थल लोकेशन पछ्याउदै फ्ल्याट पुगेको प्रहरीले श्रीमतिलाई ओछ्यानमा मृत्यु भइसकेको अवस्थामा फेला पारेको छ ।
मृतकको शरीरमा अन्य चोटपटक भने नदेखिएको प्रहरीको भनाई छ । श्रीमतिको ज्यान लिएपछि श्रेष्ठ आफ्नै हात पनि काटेको अवस्थामा भेटाइएपछि काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको थियो ।

हत्याको खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए । प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ आफैंले पनि छुरीले हात काटेका थिए ।

उनको काठमाडौंको केएमसी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । अहिले श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको छ । उनीहरूले करिब दुई वर्षअघि भागी विवाह गरेको पारिवारिक स्रोतबाट बुझिएको छ । पक्राउ परेका श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार उनीहरूबीच केही दिन अघिदेखि नै विवाद भएको थियो ।

प्रकाशित मिति: २०२१-०८-१४ , समय : ११:४७:१० , ३ वर्ष अगाडि