लिम्चुङबुङमा बिजुलीको पोल चढ्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु
प्रकाशित : शनिबार, आषाढ १२, २०७८ , सरोज निरौला
प्रकाशित : शनिबार, आषाढ १२, २०७८ , सरोज निरौला
सरोज निरौला
१२ आषाढ ,
उदयपुर । जिल्लाको लिम्चुङ्बुङ गाउँपालिका– ३ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनुसार जिल्लाको ताप्ली गाउँपालिका २ घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घर बस्दै आएका उमेश परियारलाई करेन्ट लागेको थियो । मृतक २५ वर्षीय परियार शुक्रबार दिउँसो १ः०० बजे भैंसी चराउन जाँदा विद्युतको पोलमा चढ्दै गर्दा करेन्ट लागेको स्थानीयले बताएका छन् ।थप अनुसन्धानका लागि जिप्रका उदयपुरको टोली घटनास्थलतर्फ पठाइएको प्रवक्ता डिएसपी गौतमको भनाई छ ।लिम्चुङबुङ क्षेत्रमा केही महिनाअघि मात्र विद्युत बिस्तार भएको थियो ।
प्रकाशित मिति: २०२१-०६-२६ , समय : ०७:१४:४४ , ३ वर्ष अगाडि